जंकफुड धेरै खाने बालबालिकामा दाँतका समस्या धेरै हुन्छन् ।
-दाँत फेरिएपछि आमाबाबुले आफ्नो बच्चाको दाँतमा ध्यान दिएको पाइँदैन । अहिले भइरहेको बच्चाको दाँत फेरिएर आउने दाँतजत्तिकै महत्वपूर्ण हुन्छ ।
-दाँत बिग्रने प्रमुख कारण भनेको लापरबाही तथा दाँतको स्याहारमा ध्यान नदिनु हो । त्यसैले यसतर्फ ध्यान दिनुपर्छ ।
-बच्चामा दाँत किराले खाने समस्या प्रमुख रूपमा देखिएको छ । दाँत किराले खाएर या अन्य कारणले दाँतमा समस्या देखिएमा बच्चाले चाहेअनुसारका खानेकुरा खान सक्दैनन् । यसले बच्चाको स्वास्थ्यमा अन्य समस्या देखापर्न सक्छ ।
-चकलेट धेरै खाने बालबालिकाको दाँत कमजोर हुन्छ । यस्तै बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि
हुन सक्छ ।
-बिहान–बेलुका खाना खाएपछि ब्रस गर्न लगाउनुपर्छ । राम्रो पेस्टको प्रयोगले दाँत सफा गर्नुपर्छ ।
-यी सामान्य कुरामा ध्यान दिइयो भने दाँत र मुखसम्बन्धी हुने धेरै समस्याबाट बच्चालाई जोगाउन सकिन्छ ।