काठमाडौं - हिजोआजका बालबालिकाहरुको खानपानको समस्या व्यवहारिक समस्याहरु मध्ये पहिलो नम्बरमा आउने गरेको छ । बालबालिकाहरुको शरिरिक विकास छिटो छिटो हुने गरेको र (motor develoment ) चालको विकासको समय रहेको र यसका लागि पौष्टिक खाना र शक्तिको आवश्यकता पर्ने गरेको देखिन्छ । अर्कोतर्फ अभिभावकहरु आफ्नो बालबालिकालाई दिएको नयाँ खानेकुराहरु उनीहरुले नकार्ने अलग्गै बस्न रुचाउने र खाना नखाने व्यवहारले बालबालिकाहरु अस्वभाविक हुँदै गएको कुराले अभिभावकहरु आजित भएका देखिन्छन् ।
यस्तै समस्याहरु लिएर बालरोग विशेषज्ञहरु कहाँ आउने अभिभावकहरुको संख्या संसारभर सबैभन्दा उच्च रहेको छ । नयाँ तथ्याङ्क अनुसार बढ्दो उमेरका बालबालिकाहरुमध्ये २० देखि २५ प्रतिशत बालबालिकामा खाना नखाने समस्या रहेको देखाएको छ । खानपानको समस्या भएका बालबालिकाहरु कम खाने, ग्राह्रो मानेर खाने, खाना रोजेर मात्र खाने, खाना खादै नखाने मध्ये १६ देखी ३० प्रतिशतलाई कुनै रोग लागेर नखाएको पाइने गरेको छ भने बाँकी अरुलाई बानिजन्य समस्या ( neophobia ) एउटा बच्चाले खाना नखानुमा धेरै कुराहरुको भुमिका हुन्छ ।
इएको छ । एउटा बच्चाले खाना नखानुमा धेरै कुराहरुको भुमिका हुन्छ । बच्चाहरुले खाने बेलामा दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन समस्या हुन्छ । बच्चाहरुको समस्याप्रति आमाको प्रतिकृया तथा बच्चालाई खुवाउने बेलाको आमाको मुडले (रिस वा राहत ) र बच्चाको उमेर र विकास अनुसारको खाना लगायतका कुराहरुको समबन्ध रहेको हुन्छ । आमाको मुडले गर्दा बच्चाहरुले गाह्रो मानेर खाने अथवा खाँदै नखाने र आमाहरु धेरै रिसाउने चिच्याउने गरेको पाइन्छ जसका कारण छिटो तथा ढिलो खाना खाने समेत गरेको पाइन्छ । पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुनेहरुमा बच्चाको आमाहरुले बच्चासँग कम कुरा गरेको र उनीहरुको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेको देखाएको छ ।