काठमाडौं- स्तनपान आमा र शिशु दुवैको स्वास्थ्यका लागी फाइदाजनक मानिन्छ । आमाको दुध शिशुको पोषणको लागी सबैभन्दा उत्तम मानिन्छ । त्यसका साथै अन्य समस्या समाधानका लागी पनि राम्रो मानिन्छ ।
नवजात शिशुमा देखिने केहि समस्या समाधानका लागी आमाको दुध एकदमै प्रभाबकारी हुने विज्ञहरु बताउछन् ।
नवजात शिशुका यस्ता समस्या देखिएमा आमाको दुध खुवाउदा समस्या समाधान हुन सक्छ ।
शिशुको छाला एलर्जी, डाइपर एलर्जी भएको भागमा आमाको दुध लगाउँदा मलम जत्तिकै काम गर्छ ।
त्यस्तै, आमाको दुध क्र्याक निप्पलमा स्तनपानको हरेक सत्र पछि दलेर हावामा खुल्ला छोडिदिदा औषधिले भन्दा बढि दुखाई कम हुन्छ । साथै छिटो निको हुन्छ ।
नवजात शिशुको नाभिमा दैनिक दुईपटक आमाको दुध दल्दिदा सामान्य भन्दा छिटो झर्ने सम्भाबना हुन्छ ।