हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन्। तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन्। कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको।
हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन्।
संसारमा देब्रे हातको प्रयोग गर्नेहरूको सङ्ख्या थोरै नै छ। हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ। फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौँ र दाहिने हातले लेख्छौँ। अर्थात् हामीलाई जसरी सजिलो हुन्छ त्यसरी नै काम गर्छौँ। शरीरका अङ्गको पनि हामीले त्यसैगरी नै प्रयोग गर्छौँ।
सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन्। तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन्।
देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन्।