काठमाडौं- केहि बालबालिकाहरु स्तनपान गरेपछि खाएको दुध उलुक्क निकाल्छ भनेर पहिलो पटक आमा बनेका महिलाहरु अत्तालिने गर्छन् । बिज्ञका अनुसार, शिशुले खाएको दुधको मात्राको २५ प्रतिशतसम्म उलुक्क गर्नु सामान्य हो ।
स्तनपान गरेपछि उलूक्क निकाल्ने समस्या शिशु एक बर्ष हुदाँसम्म आफै ठिक हुदै जाने बिज्ञहरुले बताएका छन् । यस्ता समस्या भएका धेरैजसो बालबालिकालाई कुनै औषधिको आवश्यकता पर्दैन ।
स्तनपान गरेपछि दुध उलूक्क गर्ने समस्या कम गर्न स्तनपान पछि बच्चालाई २० मिनेट जति ठाडो पारेर ढाडमा ध्याप ध्याप गर्नुपर्ने हुन्छ । त्यस्तै शिशुलाई घोप्टो पारेर राख्ने, लिटो बाक्लो बनाएर खुवाउनुपर्ने हुन्छ ।
शिशुलाई ज्वरो आएमा, स्तनपान गरेपछि २५ प्रतिशत भन्दा बढि दुध उलूक्क निकालेमा, तौल नबढेमा, दुध नखाएमा, पटक पटक सर्काएमा, रुने अफठ्यारो महशुस गरेमा बालबालिकालाई बिशेषज्ञकामा लगेर परिक्षण गराउँनुपर्छ ।