काठमाडौं- भारतमा पछिल्लो चौविस घण्टामा देशमा १ लाख ९९ हजार ३७६ जना नयाँ संक्रमित थपिएका छन् ।
सोही अवधीमा ९३ हजार ४१८ जना निको भए भने एक दिनमै १ हजार ३७ जनाको संक्रमणबाट ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले पछिल्लो चौविस घण्टाको संक्रमणको विवरण गत बर्ष उच्चतम विन्दुमा पुग्दा देखिएको भन्दा दोब्बर बढी रहेको उल्लेख गरेका छन् । गतवर्ष संक्रमण उच्चतम विन्दुमा पुगेको दिन १६ सेम्टेम्बरमा ९७ हजार ८६० जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै भारतमा हाल सक्रिय संक्रमितको संख्या १४ लाख ६५ हजार ८७७ रहेको छ ।