काठमाडौं - शिशु जन्मने बित्तिकै नवजात शिशुको शरीरलाई सफा कपडाले पुछेर सुख्खा मात्र गर्नूपर्छ । शिशुलाई पहिलो पटक २४ देखि ४८ घण्टा पछि मात्र नुहाइदिनु उपयुक्त हुन्छ ।
शिशुको शरीरमा भएको चिल्लो सेतो पदार्थले शिशुलाई संक्रमणबाट बचाउँछ । छालालाई सुख्खा हुनबाट जोगाउँछ । चिसो लाग्न दिदैँन । शिशुको शरीरमा भएको चिल्लो सेतो पदार्थ नपखालियोस भनेर नुहाइदिन हतार गर्नु हुदैँन ।
शिशुको नाभि नझरेसम्म हप्तामा १ देखि २ पटक सफा कपडाले मात्र पुछिदिनुपर्छ । शिशुको आँखा कटन बल भिजाएर पुछिदिने र अनुहार पानीले मात्र पुछिदिनुपर्छ ।
कपाल र सम्पुर्ण शरीरलाई थोरै बेबि सेम्पु लगाएर सफा गर्ने र मनतातो पानीले पुछिदिनुपर्छ । शरीरको कुनै कुना काप्चा कानको पछाडि, घाटिमा, औंलाको बिचमा र गुप्तांग वरीपरि सफा गर्नुपर्छ ।
शिशुलाई नुहाएपछि प्याट प्याट गरेर सुख्खा गर्नुपर्छ । तर रगटेर पुछ्नुहुदैन । शिशुलाई नुहाउँदा ५ देखि १० मिनेट भन्दा बढि लगाउनुहुदैँन । नुहाइसकेपछि शिशुलाई मोस्चराइजर दलेर न्यानो पारेर राख्नुपर्छ ।