काठमाडौं - कतिपय अभिभावकहरु पहिलो शिशु जन्मिएपछि के गर्ने कसो गर्ने भन्ने अन्योलमा पर्छन । नवजात शिशुको स्वस्थमा असर नपरोस भन्नका लागि परिवार चनाखो हुनु पर्छ ।
पानी सबैका लागि अत्यावश्यक मानिन्छ । के नवजात शिशुलाई पनि पानी खुवाउनु पर्छ त ? यसै विषयमा आज हामीले केहि तथ्यहरु प्रस्तुत गरेका छौं ।
सामान्यतया स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । साथै, बच्चाले आमाको दूधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।
६ महिना सम्म शिशुको मृगौला पूर्ण विकसित भइसकेको हुन्न , त्यस कारण उनिहरुले पानीको लोड धान्न सक्दैनन् । अधिक पानीले शरीर सुन्निने, होस कम हुने जस्ता समस्या निम्त्याउन सक्छ ।
६ महिना सम्म शिशुको पेट सानो हुन्छ । पानी खुवाउदा दुध कम खाएर कुपोषण हुन सक्छ र पानी जन्य संक्रमण पनि हुने सम्भावना हुन्छ ।