काठमाडौं - पछिल्लो समय महिलाहरु घरको चुलो चौकोमा मात्र सिमित नभई आफ्नो अलग पहिचान बनाउन बाहिर निस्केर काम गर्न थालेका छन् ।
घरका साथै बाहिरी काममा जाने महिलाहरुलाई स्तनपान गराउँन असहज हन्छ । बाहिर काममा जानुपर्ने साथै शिशुलाई समय समयमा स्तनपान गराइरहनु पर्ने यि दुई बिषयलाई मिलाउन सबै महिलाहरुका लागि एक चुनौति बनिरहेको छ । कति महिलाहरु यस समस्यालाई व्यवस्थापन गर्न नसक्दा काम छोड्न बाध्य हुन्छन् । स्तनपान गराइरहेकी महिलाले शिशुलाई स्तनपान गराउनुको साथै बाहिर काम गर्न जादा परिवारले भने महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्छ ।
परिवारले स्तनपान गराइरहेकी महिलालाई साथ दिएमा शिशुलाई स्तनपान गराउँन सहज हुन्छ ।
स्तनपान गराउने र अफिसमा काम गर्ने आमाहरुले कार्य समयमा प्रत्येक २ ३ घण्टामा सफा भाँडामा दुध दुहुनुपर्छ ।
यसले गर्दा दुधको उत्पादन भइरहन्छ र दोहेको दुध स्टोर गरेर भोलिपल्ट दिउँसो खुवाउँन सकिन्छ ।
अफिस जाँदा इलेक्ट्रिक वा म्यानुअल बेस्ट पम्प साथमा राख्नुपर्छ ।
घर र अफिस नजिक छ भने खाजा खाने समयमा स्तनपान गराउँन जान सकिन्छ ।
अफिसमा दुध एक्सप्रेस गर्न छुट्टै कोठाको व्यवस्था हुनुपर्छ । साथै दुध स्टोर गर्न रिफ्रिजरेटर हुनुपर्छ ।