काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । पछिल्लो २४ घण्टामा देशभर एकहजार १५ जना सङ्क्रमित थपिदा काठमाडौ उपत्यकामा मात्र ४३५ जना सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा नेपालमा एकहजार १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने पछिल्लो चौबीस घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको छ । भने दुई लाख ७५ हजार तीनसय जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हाल नेपालमा छ हजार २९० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, ८५ जना हाल क्वारेन्टिनमा छन् ।