काठमाडौं । महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप - २०२१ ’को उपाधि सुमेरु हस्पिटलले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा मध्यपुर अस्पतललाई ३–२ गोल अन्तरले पराजित गर्दै सुमेरु च्याम्पियन बनेको हो ।
काठमाडौंको धन्वन्तरी फुटसल मैदानमा भएको खेलमा सुमेरु अस्पतल च्याम्पियन बनेको हो ।
सुमेरु अस्पतलले अल्का अस्पतललाई र मध्यपुर अस्पतलले विनायक अस्पतललाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित सुमेरुले ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता मध्यपुर अस्पतलले २० हजार रुपैयाँमा चित्त बुझायो ।
विजेतालाई नेपाल स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुङेल र मध्यपुर अस्पातालका निर्देशक सुशिलराज पन्चले पुरस्कार वितरण गरेका थिए ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।