काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४३६ जना संक्रमित निको भएका छन्।
यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।