काठमाडौं - पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।