काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोभिड १९ बाट संक्रमित भएका छन् ।
देशभर ११८९८ जनामा गरिएको नमूना परीक्षणमा २६० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३४९ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५०४८ रहेको छ ।