काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७२०९ र एन्टिजेन विधिबाट ४८९० जनामा परिक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण देखिएको हो ।
आज थप २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ ।