काठमाडौं। नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ।
कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो।
स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ।
त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ।
यता, आन्तरिक उडानतर्फ पनि एयरलाइन्सहरूले यात्रुहरूलाई अर्कोपटक देखि खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा बोक्न आग्रह गरेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको छ।
नेपाल नागरिक उड्डयन कार्यालयको सूचना