काठमाडौं । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ ।
यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३० हजार ७८५ को वृद्धि भएको छ । हाल भारतमा १५ लाख ४२ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा सक्रिय संक्रमित पहिलो पटक १५ लाख पार पुगेको छ ।
यसअघि शुक्रबार २लाख ६८ हजार जना संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल ३ करोड ७१ हजार संक्रमित भइसकेका छन् जसमध्ये ३.५० करोड निको भइसकेका छन् ।
हालसम्म ४,८६,०६१ जनाको मृत्यु भइसकेको छ । भारतमा १ जनवरीमा कूल सक्रिय संक्रमितको आँकडा १ लाख २२ हजार ८०१ थियो । यो हिसाबले १५ दिनमा नै कूल संक्रमितमा १२.५ गुणा वृद्धि भएको छ ।