सिमकोट । जिल्लाका अतिविपन्न महिलालाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरी आमालाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, र एक प्याकेट, तेल, एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिए।
जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।
मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताए ।