काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १,३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पिसीआर तथा एन्टीजेन विधिबाट गरिएको कूल ११८८० परीक्षणमा १,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ भने देशभरको कूल सक्रिय संक्रमितको संख्या २९००४ रहेको छ । त्यसैगरी २२३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।