काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मंगलबार ६ हजार ५ सय चार जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ हजार ४ सय ५८ जनाको पीसीआर र २ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ९ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
हाल मुलुकमा ७ हजार ९ सय ७१ जना सक्रिय संक्रमित छन् । आज १ लाख ८ हजार १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।