काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले अखाद्य मसाला उत्पादन तथा बिक्रीवितरणमा रोक लगाउनुपर्ने माग राखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले एक विज्ञप्ती जारी गर्दै उक्त माग राखेका हुन् ।
विगत लामो समयदेखि नै बजारमा भेटिएका अखाद्य, मिसावटयुक्त तथा अस्वस्थ खाद्य पदार्थहरुको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउनुपर्ने माग मञ्चले सरकार समक्ष राख्दै आएको छ । बेला बेला त्यस्ता वस्तुहरुको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए पनि त्यसको नियन्त्रण तथा नियमन हुन नसकेको ठहर मञ्चले गरेको छ ।
उपभोक्ताको गुनासाका आधारमा गरिएको बजार अनुगमनका क्रममा मञ्चले गत साउन २९ गते दुगड स्पाइसेज एण्ड फुड इण्डष्टिज प्रा.लि विराटनगरले उत्पादन गरेको मसाला न्यून गुणस्तरको भेटिएको भन्दै तीन लाख जरिवानासहित आगामी दिनमा गुणस्तीय उत्पादन गर्नका लागि निर्देशन समेत दिएको थियो ।
आगामी दिनमा सेन्चुरी ब्राण्डका मसाला उपभोग गर्दाे होशियारी अपनाउनसमेत मञ्चले आग्रह गरेको छ ।