काठमाडौं । सुन्दर व्यक्तित्व भएका व्यक्तिको प्रभाव हरेक भेट वा परिस्थितिमा सकारात्मक हुन्छ । सुन्दर व्यक्तित्वका लागी मानिसको शारीरीक वनावटसँगै उसको छालाको सुन्दरता पनि आवश्यक हुन्छ । छालालाई सुन्दर बनाइराख्न हाम्रो भान्सामा पाइने केही सामाग्रीको प्रयोग समेत महत्वपूर्ण मानिन्छ ।
छालाको दिगो सुन्दरताका लागि मानिसले आफ्नो जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । करेला,परवर,मेथी,मुला,लसुन,टमाटर,अंगुर,कागती अमला जस्ता खानेकुराले छालाको सुन्दरता बढाउने गर्छन् । त्यस्तै छालामा चमक बढाउनका लागि प्रशस्त मात्रामा पानी पिउनु पनि त्यतिकै आवश्यक रहेको छ ।