एजेन्सी । प्रधानमन्त्री बोरिस जोन्सनसँगको विवादपछि बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले पदबाट राजीनामा दिएका छन्। उनी सन् २०२१ जुन महिनादेखि स्वास्थ्यमन्त्री बनेका थिए। जाभिदले प्रधानमन्त्री जोन्सनको नेतृत्वमा भरोसा नभएको बताएका छन्।
जाभिदले सरकारले राष्ट्रहितमा काम नगरेको आरोप लगाएका छन्। उनको ठाउँमा डाउनिङ स्ट्रीटका चिफ अफ स्टाफ स्टीभ बार्सलीलाई पठाइएको छ।
यसका साथै अर्थमन्त्री ऋषि सुनकले पनि राजीनामा दिएका छन्। दुवैले प्रधानमन्त्री जोन्सनले माफी मागेको केही समयमै राजीनामा दिएका हुन्।जोन्सले सांसद क्रिस पिन्चरलाई सरकारी जिम्मेवारी दिएको प्रकरणमा माफी मागेका थिए।
यो प्रकरणमा बेलायतमा राजीनामाको लहरै आएको छ। सुनक र जाभिदका साथै कन्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलोमी, वाणिज्य राजदूत एन्ड्रयु मोरिसन, मन्त्रालयका सहयोगी जोनाथन गुलिस र साकिब भाटीले राजीनामा दिएका छन्।