काठमाडौं । अग्रिम हाजीर गर्ने भेरी अस्पतालका डाक्टरमाथि कारबाहीको सिफारिस गरिएको छ । अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गरेको पाइएकोले उनीमाथि कार्वाहीको सिफारिस गरिएको हो ।
उनले असार २० गते नै असार २९ गतेसम्मको हाजिर गरेको पाइएको हो । उनीमाथि कार्वाहीको सिफारिस गरी जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका पठाइसकिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि आइसकेको छ ।
यसअघि ड्युटी पुरा नगरेको आरोप पनि उनीमाथि लागेको छ ।