काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका र हेटौंडामा हैजा संक्रमित भेटिएका छन् । यो सँगै हैजा संक्रमितको संख्या २१ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।
महाशाखाका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ ।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।