काठमाडौं । नेपालमा केही दिन यता कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो २४ घन्टामा थप ११३ कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टीजेन गरी कूल २७२४ नमुना परीक्षणका क्रममा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ४७१ जना सक्रिय संक्रमित रहेका छन्।