काठमाडौं । स्वास्थ्य मन्त्रालयले ५० शय्या अस्पतालको संगठन संरचना तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले प्रस्तावित संगठन संरचनामा यही असार २४ गतेभित्र रायसुझाव दिन आग्रह गरेको छ।
अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, नर्स, प्रशासनसहित १४५ जनाको दरबन्दी रहनेगरी प्रस्ताव तयार पारिएको छ।जसमा ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट, ११जना चिकित्सक, १२ जना मेडिकल अधिकृत, ४० जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन्ट रहनेगरी प्रस्ताव तयार पारिएको छ।