काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका शम्भु तामाङको क्यान्सरका कारण निधन भएको छ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत उनको बिहीबार निधन भएको हो।
लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ महाराजगञ्ज बस्दै आएका तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए। सगरमाथाको शिखर चुम्दा उनी १७ वर्ष ६ महिना १५ दिनका थिए।