काठमाडौं । चितवनस्थित बीँपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि उनकै कार्यकक्षमा हातपातको प्रयास भएको छ। बिहीबार दिउँसो उनीमाथि हातपात र आक्रमणको प्रयास भएको हो।
निर्देशक डा गौतमाथि कार्यकक्षमै भौतिक आक्रमणको प्रयास भएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले दोषिलाई कारबाही गर्न माग गरेको छ। महासंघले बिहीबार राती नै विज्ञप्ति निकाल्दै घटना निन्दनीय भएको जनाएको छ।
डा देजकुरमा गौतममाथि उहाँकै कार्यकक्षमा भएकव हुलहुज्जत एवं भौतिक आक्रमणको प्रयास निन्दनीय छ। यो घटनाप्रति हाम्रो महासंघ खेद प्रकट गर्दछ, महासंघका महासचिव डा सन्तोष पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
महासंघले यस्ता कार्यमा संलग्न सबै दोषिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो अध्यादेश २०७९ु अनुसार कुनै राजनीतिक आग्रह-पूर्वाग्रह नराखी कडा कारबाही गर्न गृह प्रशासन र स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ।दोषिमाथि कारबाही नभए महासंघले देशव्यापी विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दिएको छ।
डा गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपात र आक्रमणको प्रयास गरेको बताइएको छ।