काठमाडौं । चितवनको भरतपुर अस्पतालको भर्याङमुनि एक शिशू भेटिएको छ ।बिहीबार दिउँसो साढे २ बजेतिर बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
अस्पतालको सी ब्लकको भर्याङमुनि फेला परेको बच्चीलाई अस्पतालको एनआइसियुमा राखिएको पौडेलले बताए । शिशुको अवस्था सामान्य छ। भेटिएकी शिशु जन्मिएको दुई दिनको जस्तो देखिने प्रहरीले जानकारी दियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आमा–बाबुले शिशुलाई छाडेर भागेको आशंकामा अनुसन्धान भइरहेको जानकारी दिए।