काठमाडौं । ओम समाज डेण्टल हस्पिटलले “जसको दाँत सबल उस्को जिबन सफल ”नारा का साथ नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ।
ओम समाज डेन्टल हस्पिटलले निजामति सेवा दिवसको अवसरमा राष्टिय किताबखाना (निजामति) हरिहर भवन पुल्चोकमा दन्त्य शिविर सम्प्पन गरेको छ । उक्त शिविर कर्मचारी तथा अन्य व्यक्तित्व गरी जम्मा १५० बिरामीको नि:शुल्क दन्त उपचार गरिएको थियो ।

शिविरमा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुभाष घिमिरे लगाएत डा.शिखा थापा, डा.श्रीया पौढेल, हाइजिनिस्ट गायत्रा निरौला लगाएतको टिमको ब्यबस्थापन धन प्रसाद घिमिरेले गरेका थिए ।

ओम समाज डेन्टल हस्पिटलले सबैको पहुचमा दन्त सेवा सहज सुलभ होस् भन्ने उदेस्यका साथ मुख स्वास्थ को मात्र हेरविचार र नियन्त्रण गर्लाने ९० प्रतिशत रोग लाग्दैन भन्दै यसअघि पनि उपत्यका भित्र बाहिर सबै बर्ग लाइ लक्षित गर्दै यस्ता कार्यक्रमहरु सम्पन्न गर्दै आएको र भबिस्यमा पनि निरन्तता दिने बताएको छ ।
