काठमाडौं । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले ब्लड क्यान्सर सवाईभर कार्यक्रम सम्पन्न गरेको छ ।
सेप्टेम्बर महिनामा रक्त क्यान्सरबारे जनचेतना फैलाउने उद्धेश्यले सो अस्पतालले बुधबार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

बिरामीलाई हौसला दिनका लागि सो कार्यक्रममा अस्पतालले काउन्सिलिङ समेत राखेको थियो । कार्यक्रममा बोल्दै डा.अमित श्रेष्ठले रक्त क्यान्सर पहिचान र उपचार गर्न सकेमा निको हुने बताए ।
कार्यक्रममा गायीका संगिता शाक्य थापाले आफुलाई दुईपटक रक्त क्यान्सर भएतापनि समयमै उपचार गराएका कारण निको भई दोस्रो जीवन पाएको बताउँदै आफुले ४० वर्ष अघि गाएको वालगीत गाएर स्रोता दर्शकलाई मन्त्रमुग्ध बनाइन् । अर्की गायिका दाहालले पनि आफुलाई लागेको रक्त क्यान्सर रोगको अनुभव सुनाइन् ।
