काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ जनाको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४७३ पुगेको छ। पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन्।