काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९४ जनाको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४४८ पुगेको छ। पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन्।