काठमाडौं । न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै प्रथम भएको छ ।
नेपालभरिका सेकेन्डरी बी अर्थात प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो । अघिल्लो वर्षको ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले अहिले ८० प्रतिशत ल्याएर फेरि प्रथम भएको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताए ।अस्पताले दिने सेवा, गुणस्तर, सेवाग्राहीको सन्तुष्टि लगायतका आधारमा अस्पतालको न्यूनतम मापदण्ड मूल्यांकन गर्ने गरिन्छ ।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन्।
अस्पतालको तथ्याङ्कानुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन्। आर्थिक वर्ष २०७८/७९ मा अस्पतालको बहिरंग रोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन्।