काठमाडौं । नेपालमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलो पटक डेंगी पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ।
मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि।सं। २०६१ मा पहिलो पटक डेंगीको सङ्क्रमण देखा परेको थियो।