काठमाडौं । वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए अमेरिकाले यस वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ। डा. पुनले संक्रामक रोगहरूबाट नेपाली नागरिकलाई जोगाउन योगदान गरेको भन्दै पुरस्कार प्रदान गर्न लागिएको एनआरएनए अमेरिकाले जनाएको छ।
पुरस्कारको राशि ११०० अमेरिकी डलर र ताम्र पत्र रहेको छ । पुरस्कार आगामी पुस ७ गते नेपालमै एक विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्ता प्राप्त हुने प्रशंसा पत्रहरूले म आफ्नो बाटोबाट (सेवाको भावनाबाट) विचलित नभएको र नहुन प्रेरणा दिने गरेको अनुभूति गरेको छु। एनआरएनए क्यालिफोर्निया, अमेरिकालाई यो पुरस्कार मलाई दिने निर्णय गरिएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु, पुरस्कार घोषणापछि डा. पुनले आफ्नो फेसबुकमा लेखेका छन् ।