काठमाडौं । मुख स्वास्थ्यको हेरचाह र नियन्त्रण गरेमा ९० प्रतिशत रोग लाग्दैन भन्ने अवधारणा अनुसार ओम समाज डेन्टल हस्पिटल बर्दिबासले चाडपर्वको अफर ल्याएको छ ।
जसको दाँत सबल उसको जीवन सफल अभियान अन्तर्गत तथा वडा दशैँ,दिपाबली,छडपर्वको अवसरमा कोहि पनि पैसा वा अन्य कुनै कारण उपचारबाट बन्चित हुन् नपरोस सबैको पहुँचमा दन्त उपचार सहज सुलभ होस् भन्ने उदेश्यका साथ ओम समाज डेन्टल हस्पिटल बर्दिबास शाखा यहि आश्विन १० गते देखि कार्तिक १४ गते सम्म तल उल्लेख गरिएका उपचारमा विशेष छुटको व्यवस्था गरेको छ ।
साथै ओम समाज डेन्टल हस्पिटल बर्दिबास शाखाले यहि आश्विन १ गते देखि आफ्नै अत्याधुनिक सुबिधा सम्पन्न भवन बाट सेवा दिदै आइरहेको छ ।
छुट उपचारहरु
१. नि:शुल्क दन्त परिक्षण
२. नि:शुल्क मुखको क्यान्सर परिक्षण
३. नि:शुल्क प्रेसर जाच
४.औषधि खरिदमा १० % छुट
५. रगत जाचगर्दा ५० % छुट
६ दन्त उपचारमा ५० % छुट
तथा सौन्दर्य सम्बन्धि उपचार (बाङ्गो टिङ्गो दाँत बाध्ने,दाँत रोप्ने) २५ छुट
