काठमाडौं । नेपालको पहिलो र चर्चित मोडेल डली गुरुङ्गको क्यान्सर निको भएको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आफ्ना अनुभव साटेको छिन्।उनले मोडल गुरुङले क्यान्सर निको भएको अवसरमा खुसी व्यक्त गरेकी हुन्।

ललितपुरको ज्ञानोदय स्कुलमा भएको क्यान्सर बिजेताहरुसँग अनुभव साटासाटा कार्यक्रममा मोडल गुरुङले क्यान्सर जितेका अन्य साथीभाईसँग खुसी साटासाट गरेकी हुन् ।
आफ्नो क्यान्सर निको भएर दोस्रो जीवन पाएको यसै खुसीयालीमा डलीले सोमबार ज्ञानोदय स्कुल बुङ्गमती, खोकनाको प्रांगणमा सांगितिक कार्यक्रम सहित क्यान्सर जितेका साथीभाईसंग तथा आफन्तहरू सँग खुशी साटीन्।कार्यक्रममा उनले उपचारमा संलग्न नेपाल क्यान्सर अस्पताल , त्यहाँका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी लगायतलाई धन्यवाद समेत दिएकी थिईन् ।


उनले भनिन् ‘समयमै पत्ता लगाई उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ र क्यान्सर उपचारको लागि अब विदेशिनु पर्दैन’।
त्यस अवसरमा कार्यकारी अध्यक्ष डा.श्रेष्ठले क्यान्सरको सवैभन्दा ठुलो औषधि विरामीको मनोबल भएको बताउँदै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए।क्यान्सरको उपचारपछि निको भएका ३० भन्दा बढी विजेताहरु सहभागी भएका सो सांगितिक कार्यक्रममा कुनै समयको चर्चित ब्रेक डान्स गर्दा थप रौनक बनेको थियो ।