काठमाडौं । दशैं सुरु भएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गरेको छ ।
पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो । यो क्रम नवमीसम्म जारी रहने बताइएको छ । पशुसेवा विभागका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने छ ।
कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुने बताइएको छ । यो वर्षको दसैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान छ । परीक्षणको लागि ५० जना पशु चिकित्सकको टोली खटिएका छन् ।