काठमाडौं । विराटनगरको कोशी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएकी एक महिलाको शिशुको मृत्यु भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया क्रममा बिरामी सिर्जना परियारको पाठेघर फुटेपछि गर्भमा रहेको शिशुको मृत्यु भएको हो ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। श्रद्धा श्रेष्ठले उनको उपचार गरिरहेकी थिईन् । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाउँदै आएका छन् ।