काठमाडौं । हामीले दैनिक रुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । हामीले दैनिक खाने खानामा प्रयोग भएका खाद्यान्न बाहेकका हरियो साग सब्जि लगायत विभिन्न किसीमका चिजहरुले हाम्रो भानसालाई स्वस्थ्य बनाउन मद्दत गर्छ।
खानाले हाम्रो शरिरमा काब्रोहाइडेटमात्र नभएर हाम्रो स्वास्थ्यलाई सुरक्षित राख्ने तत्वपनि दिइरहेको हुन्छ । भान्सामा प्रयोग हुने प्याज, लसुन, धनिया, अदुवा, बेसार, ल्वाङ लगायत विभिन्न चिजहरुले हाम्रो शरिरलाई रोगसँग लड्ने क्षमताको विकास गरिहेको हुन्छ।
हरेक बर्ष गमी बढेसंगै बढेको भाइरत ज्वरो रुघाखोकी र डेङ्गुको माहामारी बढ्न थाल्छ। यसरी लाग्ने रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ।