काठमाडौं । सल्यानमा जिप दुर्घटनामा मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार सल्यान कपुरकोट गाउँपालिका ६ जलबाँङका २१ वर्षीय चालक जितबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षिय टोपबहादुर ओली, ११ वर्षीय बसन्त ओली, ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको हो ।