काठमाडौं । भारतको अजय बायोटेकले लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी ल्याएको छ ।
नेपालमा दैनिक रुपमा डेंगु रोगको संक्रमण बढिरहेका बेला भारतको अजय बायोटेकले उत्पादन गरेको उक्त औषधि सफल स्वास्थ्य सेवा प्रा.लिले नेपाल भित्र्याएको हो ।
यो औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दावी गरिएको छ । उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधी रुनाल तामाङ्ले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परिक्षण भएको बताए । उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए।