काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१८ जनाको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १ सय २२ जना छ भने पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन्।