काठमाडौं । नेपालमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलो पटक डेंगी पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ।
मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या २८ हजार १०९ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा सङ्क्रमित भएका छन् भने लुम्बिनी नेपालमा वि.सं. २०६१ मा पहिलो पटक डेंगीको सङ्क्रमण देखा परेको थियो।