काठमाडौं । विश्व मुटु दिवसको अवसरमा बल्खुस्थित वयोधा अस्पतालले प्रभातफेरि निकालेको छ । ,प्रत्येक मुटुको लागि मुटु प्रयोग गरौ , (Use Heart For Every Heart ) भन्ने नारासहित प्रभातफेरी गरिएको हो । अस्पतालको प्राङगनबाट सुरु भएको प्रभातभेरी कालीमाटीसम्म पुगेर फर्केको थियो । प्रभातफेरिमा एक सय जना भन्दा बढी सहभागी रहेको अस्पतालले जनाएको छ ।

