काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३२ जनाको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९२५ जना छ भने पछिल्लो २४ घण्टामा ९६ जना संक्रमणमुक्त भएका छन्।