दसैंंको बेलामा सबै पसल बन्दा हुने भएकाले एकै पटक ५-६ दिनलाई पुग्ने मासु ल्याउने गरिन्छ। धेरै मासु एकै पटक ल्याएर राख्दा त्यस्तो मासुमा छिट्टै जिवाणु पर्ने भएकाले कस्तो मासु ल्याउने, कहाँबाट ल्याइँदैछ, त्यसमा ध्यान दिनुपर्छ। मासु सफा र स्वस्थ जनावरको ल्याउने र सफा पानीले राम्रोसँग पखालेर पकाउने र बाँकी मासु हावा नछिर्ने बनाएर प्याक गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ।
कुनै घरमा मासुमा नुन नहाली तेलमा भुटेर मात्र पनि राख्ने चलन छ। भुटेको मासु पनि राम्रोसँग प्याक गरी फ्रिजमा राख्नुपर्छ। मासु राखेको फ्रिजमा अन्य वस्तु तथा तरकार राख्नु हुँदैन। पकाएर फ्रिजमा राखिएको मासु १० मिनेट तताएर मात्र खाने गर्नुपर्छ।
मासु पकाउँदा पनि तापक्रममा विशेष ध्यानदिनुपर्ने हुन्छ। मासुलाई कालो गरेर पकाउँदा कासिनोजनिक पदार्थ बढ्छ। त्यस्तो मासु खाँदा शरीरमा क्यान्सर बढ्न सक्छ। रेड मिटमा त्यस्तो पदार्थ धेरै मात्रामा हुन्छ। कालो गरेर मासुको सेकुवा बनाउँदा कासियोजनिक पदार्थ बढ्छ, यो पदार्थ क्यान्सरको प्रमुख कारण हो।
परिवारका सदस्य दीर्घरोगी भएमा खानामा मासु मात्र पकाउनु हुँदैन। त्यसैले मासुको सट्टा माछा पनि प्रयोग गर्न सकिन्छ। माछामा प्रोटिन, भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हुन्छ। ओमेगा फ्याटी एसिडका कारणले माछा स्वस्थ्यकर मानिन्छ। यस प्रकारको फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ।नराम्रो कोलेस्टेरोल लाइट ट्राइग्लिसिराइडको परिणाम कम गर्ने भएकाले मुटुसम्बन्धी रोग कम गर्न मद्दत गर्छ।