हिन्दुहरुको महान चाँड दशैँ नजिक्दिै छ । दशैँमा मिठो मिठा खाने चाहाना सबैलाई हुन्छ । तर रोगीहरुले बिशेष खानामा ध्यान दिनुपर्ने हुन्छ । कति खानेकुरा कन्ट्रोल गर्नुपर्ने हुन्छ । कतिको मनमा यस्तो हुन्छ कि दसैँ मा त खान्छु दशैँ सकेर कन्ट्रोल गर्छु भन्ने सोच हुन्छ । तर हामीले सानो साने कुरामा ध्यान नदिदा झन् हाम्रो स्वास्थ्यमा गम्भिर असर पर्न जान्छ । दशैमा धेरैले चिल्लो, अल्कोहल र धुमपानको प्रयोग गर्ने चलन छ । तर, मुटु रोगीका लागि सबैभन्दा घातक नै यिनै कुराहरु हुन् । यी तीन चिज एकैपटक धेरै हुँदा खतरा झनै बढी भई हाम्रो स्वास्थ्य झ्न बिग्रन जान्छ ।
खान हुने
– बोसोरहित मासु मात्रै खाने ।
– बोसोविनाको माछामासु खाने ।
– ठिक्क खाने ।
– अल्कोहल खाएमा ६० एमएलभन्दा कम खाने ।
खान नहुने
– अस्वस्थकर खाना नखाने ।
– बढी चिल्लो खानेकुरा नखाने ।
– बोसो भएको खानेकुरा मासु नखाने ।
– जेरी, पनिर आदि नखाने ।
– पोलेको, फ्राई गरेको खानेकुरा नखाने ।
– एकपटक प्रयोग गरेको तेल पुनः प्रयोगमा नल्याउने ।
– धुम्रपान,मध्यपानको प्रयोग नगर्ने